Monday, June 30, 2025

रावि लामिछानेको झुट


धेरै पटक तपाईंले रवि लामिछनेको मुखबाट सुन्नु भएको छ होला " प्रधानमत्री छोडेर हिड्या मान्छे हुँ म "


आउनुस तपाईंका चहिता रवि लामिछनेको प्रधानमन्त्री प्रस्तावलाई बुझौं ।

रवि लामिछने प्रधानमन्त्री बन्ने अवशर कुन सर्तमा प्राप्त गरी रहेका थिए ?

कांग्रेस र एमालेले दिएको प्रस्ताव " आफ्नो पार्टी छोडेर हाम्रो पार्टीमा आउनुस हामी तपाईंलाई प्रधानमन्त्री दिन्छौ " रवि लामिछनेले रस्वपा न खोलेको भए सायद आहिले एमाले वा कांग्रेसलाई समर्थन गर्दै मन्त्री खाएको फेला पर्ने थिए । जेल नेनको कुरा परको स्याउ जस्तो हुने थियो,  आफूले खोलेको पार्टीबाट देश भरी छवि कमाएका रवि लामिछने कुन आधारमा रास्वपा को सभापति पद बाट राजीनामा गर्ने थिए र अन्य पार्टीमा आवद्ध हुने थिए ।  नैतिकताले र मानवीय व्यवहारले हेर्ने हो भने, यदि रविलामेछनेले सभापति बाट राजीनामा दिँदै देशको ४-५ ठूलो पार्टीबाट मुक्ति पाए पनि देश र जनता सामु फेरि मत माग्न कसरी जाने थिए ? जनताले सामान्य मूल्यांकन गरेर फटाहा हो भन्ने पत्ता लगाउने पनि डर थियो, रस्वापामा रहेर प्रधानमन्त्री बन्ने मौका गुमाएका होइन ।  त्यस्तो मान्छेले प्रधानमन्त्री बन्ने मौका गुमाए भन्न सुहाउँदैन,  अनावश्यक कुरा मात्र हो  । जनतालाई भ्रम पर्ने बानी परेको पार्टी रास्वपा २०८४ को चुनावमा सरकार गठन गरोस र आहिले प्रतिपक्ष मा रहेर जे जस्ता मूल्यको कुरा गर्छ । सरकारमा गयेर त्यस्ता कुरा गर्न सक्ने रहे छ कि नाई हेर्न मन छ ।  संसदमा नारा बजी गर्नु देशका अहम निर्णय हुने ठाउँमा प्रतिशोधलाई माथि राख्दै प्रमाण नपुग्ने ठाउँमा प्रश्न उठाउनु, रस्वपाको बौद्धिक र राजनैतिक हसियतलाई मजाले देखाउँछ । नप्चेका कहावती मानिसहरूको समुहले रास्वपा को गठन गरेको स्पष्ट छ । केवल प्रचारित हुन राजनीतिमा छिरेका अल्लारे केटा-केटीहरू आफूलाई ठूलै राजनीतिज्ञ ठानी रहेका हुन् ।  अनुभवको दर्पण हो राजनीति, खान लाउन पुगेकै छ र खान पिउन बाहेकको समय चर्चा कमाउन प्रयोग हुन्छ भन्ने मन भएकै कारण संसदीय विरोध सिर्जना गरिँदै छन । प्रचारको प्रमुख बाहुल्यता भएको बेरोजगारको शहर काठमाण्डौमा मजा लुट्न छिरेका, भुर भरी हुन रास्वपाका नेता ।


गहिरो र व्याख्यातमक दृष्टिकोणबाट केवल विशलेषण गर्ने हो । भने पनि कुनै बौद्धिक गतिविधि भएको महसुस  हुदैन  कुन आधारमा मत मागी रहेका हुन के हि थाहा छैन । नेपालमा हाल सम्म रहेका राजनैतिक पार्टीहरुको उद्देश्य छ । जस्तै लोकतन्त्रको सुद्धान्तमा कांग्रेस काम गर्छ समाजवाद  यस पार्टीको विचारमा पर्छ त्यसै गरी एमाले माओ लगायत लेलिनको कोमियुनिस्ट सिद्धान्त, र माओवादीको माओ सिद्धान्तमा काम गर्छ यस अर्थ कमियुनिस्ट साम्यवादी समाजको परिकल्पना गर्छ जहा धनि, गरिब, जातिय भेदभाव रहित समाजको परिकल्पना गरिएको हुन्छ,  पर्टीमा रहेका नेताले जे सुकै काम गरेता पानि एक सामन्य दृष्टि कोणले हेर्न मिल्ने सिद्धान्त त छ । तर रास्वपा कुन सिद्दान्तमा खोलिएको पार्टी हो । मैले के पाउन त्यो पार्टीलाई मत दिने । मुल विषयको कुरा नै नगर्ने,  व्यवस्थालाई जिम्मा लगाउने हरेक कुराको लागि अरुलाई दोषि देख्ने चस्मा लगाएको पर्टिलाई मैले केवल हावाको भरमा मत दिदै राजनितिमा प्रवेश गराउदै केवल मत दिने मतियार बन्नु पर्ने ? यस्ता धेरै पर्टी छन नेपालमा ईतिहास नै नबनाएका पार्टिहरु बहिस्कार गर्नु पर्ने ठाउमा हस्ताक्षर गरि रहेका नेपालीलाई ठुलो मुर्खको देश नामकै उपाधि दिए हुन्छ । धन्यवाद

No comments:

Post a Comment

what is time समय के हो

समय र काललाई कसरी बुझ्ने ।                                               सामान्य रुपमा हेर्दा समय सानो र काल ठुलो अंश लाग्छ । तर समय बाट काल...